अस्तित्ववाद

ना.

  1. जगत् र जीवनको विसङ्गतिको बोध गर्दै व्यक्तिको स्वतन्त्र निर्णय र वरण तथा उत्तरदायित्वलाई सकार्ने अनि मनुष्यजीवनको अस्तित्वमाथि चिन्तन गर्ने र उसको जन्म, मृत्यु, कुण्ठा, सन्त्रास आदिमा सही अर्थ खोज्ने दार्शनिक वा साहित्यिक मान्यता; मानिसलाई स्वतन्त्र प्राणीका रूपमा हेर्दै अस्तित्वलाई तत्त्वको पूर्वगामीका रूपमा सकार्ने, द्वितीय विश्वयुद्धपछि बढी प्रचारित एक साहित्यिक वाद वा सिद्धान्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)