अ
- देवनागरी वर्णमालाको स्वरवर्णमध्ये पहिलो स्वरवर्ण; परम्परागत रूपमा कण्ठस्थानबाट उच्चारण हुने ह्रस्व स्वरवर्ण मानिएको र भाषाविज्ञानअनुसार आधाखुला, केन्द्रीय स्वरवर्ण; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न।
- लेखाइका क्रममा विषयवस्तुको वर्गीकरण वा विभाजन उपविभाजनका निम्ति स्वरवर्णको प्रयोग गरिँदा दिइने क्रमबोधक पहिलो चिह्न ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)