अ

ना. [सं.]

  1. ॐ भित्र अन्तर्निहित मानिएका अ+उ+म् तीन ध्वनिमध्ये विष्णुलाई बुझाउने पहिलो ध्वनि। (उ तथा म् ध्वनि क्रमशः शिव तथा ब्रह्मालाई बुझाउने मानिन्छन्।)
  2. संस्कृत एकाक्षरी कोशअनुसार मूलतः विष्णुलाई जनाउने मङ्गलवाची शब्द।
  3. पू.स. शब्दका अगाडि लागी अभाव, भिन्नता, विपरीतता आदि अर्थ बुझाउने पूर्वसर्ग (अगति, अज्ञान, अफाप, अयोग्य इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)