आँखो
ना. [सं. अक्षि]
- अर्को वस्तु, जीव वा पदार्थका रूपरङ्ग, आकारप्रकार, भेदविभेद आदिको ज्ञान गर्ने प्राणीको इन्द्रिय; हेर्ने इन्द्रिय; दृष्टि; नयन; नेत्र।
- उखु, बाँस आदिका जोर्नीको गाँठो; रुख आदिको गाँठिएको गिर्खो; आँख्लो।
- कुदृष्टि; चोखी।
- पिलोभित्र रगत र पिप जमेको डल्लो वा गिर्खो।
- सबैभन्दा राम्रो; रोजा; उत्तम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)