आगम
ना. [सं.]
- कुनै वस्तु वा व्यक्ति कतैबाट आउने वा ठाउँमा पुग्ने काम (अर्थागम, समागम इ.)।
- कुनै शब्दमा ध्वनि, वर्ण, अर्थ आदि थपिने काम (स्वरागम, व्यञ्जनागम, आदिवर्णागम, अर्थागम आदि।)।
- भेट; प्राप्ति सङ्गम।
- आम्दानी; आय।
- जन्म; उत्पत्ति।
- मूल; निर्गमस्थान।
- आउने समय; भविष्य।
- तन्त्रशास्त्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)