आत्मा
ना. [सं.]
- शरीरमा रहेमा त्यसलाई जीवित राख्ने र क्रियाशील बनाउने तथा नरहेमा निष्क्रिय वा मुर्दा बनाउने अविनाशी, अतीन्द्रिय र अभौतिक शक्ति।
- मन वा अन्तःकरणका व्यापारको ज्ञान गराउने सत्ता; जीवात्मा।
- सत्, चित् र आनन्दसम्बन्धी पदार्थ; चैतन्य तत्त्व।
- मन; चित्त; हृदय।
- कुनै वस्तुको गूढ वा सार तत्त्व। (शब्दको आत्मा, काव्यको आत्मा इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)