आरोह

ना. [सं.]

  1. घोडा आदि चढ्ने मानिस; सवार।
  2. चढ्ने वा उक्लने काम।
  3. अग्लो जमिन; उच्च स्थान।
  4. सङ्गीतमा निम्न स्वरबाट क्रमशः स्वर चढाउँदै लैजाने काम।
  5. चढाइ; धावा।
  6. पहाड आदि चढ्ने वा उक्लने काम।
  7. बोल्दा वा वाचन गर्दा स्वर उरालिँदै जाने प्रवृत्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)