आश्रम

ना. [सं.]

  1. प्राचीन ऋषिमुनिहरूले बस्नका निम्ति प्रायः जङ्गलमा बनाएको आवास; कुटी; गुफा।
  2. समाधि वा तपस्या गर्ने ठाउँ; तपोवन।
  3. ब्रह्मचर्य, गार्हस्थ्य, वानप्रस्थ र सन्न्यासनामक वर्णाश्रममध्ये कुनै एकको आश्रयस्थल।
  4. हिन्दू संस्कृतिअनुसार चार वर्णाश्रमधर्ममध्ये आयुको विभाजनबाट ग्रहण गरिने जीवनप्रक्रिया विशेष; एक प्रकारको जीवनचर्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)