आस्वाद

ना. [सं.]

  1. षड्रसमध्ये कुनै रसको चर्वण।
  2. रसपानबाट प्राप्त हुने आनन्दानुभूति; रसास्वादन।
  3. चाख्ने काम; चखाइ।
  4. शृङ्गार आदि साहित्यिक रसहरूको उपभोग; आत्मिक तृप्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)