इतिहास
ना. [सं.]
- अतीत काल वा विगत समयका घटनाहरूको वर्णन, विश्लेषण र मूल्याङ्कन गर्ने ज्ञानको एक शाखा; अतीतको अनुसन्धान र छानबिनमा आधारित अध्ययन; तत्सम्बन्धी ग्रन्थ।
- कुनै मुलुक, जाति, संस्था, विषय आदिका अतीतका घटनाहरूको क्रमबद्ध वर्णन वा वृत्तान्त।
- अतीतका सानाठुला घटनाहरूको सारांश वा विवरण; अतीतका असाधारण तथा स्मरणीय चरित्र आदिको वृत्तान्त वा विवरण; पुर्ख्यौली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)