इतिश्री
ना.
- भएभरको सबै सम्पत्ति, कामकाज वा अन्य कुरा खत्तम भएको वा टुङ्गिएको अवस्था; समाप्ति; स्वाहा; निःशेषता; निर्मूलन।
- कुनै ग्रन्थ वा ग्रन्थांशको पुछारमा सो समाप्त भएको कुरा जनाउने शब्द (.... इतिश्री स्कन्दपुराणे केदारखण्डे माघमहात्म्ये ... प्रथमोऽध्यायः)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)