इदमित्थ/इदमित्थम्
ना. [सं. इदमित्थम्]
- यो कुरा यस्तै हो वा यस कुरामा यसै गर्ने भन्ने निर्क्यौल, निधो वा ठहर; अठोट; अन्तिम टुङ्गो।
- ठेगान; तहकिकात।
- कुनै कामकुराका बारेमा यस अवधिसम्म यसो नभएमा यसो गरिनेछ भनी दिइने म्यादसहितको अन्तिम चेतावनी; अल्टिमेटम। (उदा.-मजदुरहरूद्वारा आफ्ना सात सूत्रीय माग एक साताभित्र पूरा नभएमा हडताल गर्ने इदमित्थम् दिइएको खबर छ।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)