इन्द्रिय

ना. [सं.]

  1. ज्ञानशक्ति र कर्मशक्तिका मानवीय अङ्ग वा साधन; पाँच ज्ञानेन्द्रिय (आँखा, कान, नाक, जिब्रो र छाला) र पाँच कर्मेन्द्रिय (वाक्, पाणि, पाद, वायु र उपस्थ) का सामूहिक वा अलग अलग नाम।
  2. माथिका आधारमा पाँचको सङ्ख्या।
  3. योनि वा लिङ्ग।
  4. जननेन्द्रिय।
  5. एक अङ्गुलको पाँच गुना बराबरको नाप; पाँच अमल बराबरको नाप; पाँच अङ्गुल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)