उँधौली
वि. [उँधो+औली]
- तलतिरको; मन्तिरको; उँधोको।
- मङ्सिर महिनाको शुक्लपक्षको पूर्णिमा; अगहन पूर्णिमा (नेपालका पहाडी भेकका बासिन्दाहरूको चलनअनुसार यसै दिनदेखि जाडो सुरु हुने भएकाले भेडीगोठ, गाईगोठ आदि बेसीतिर झारिन्छ र बेसीतिरका देवीदेवताको पूजा गरिन्छ। त्यसैले यस दिनलाई उँधौली भनिएको हो।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)