उकास्नु

स.क्रि. [उकास+नु]

  1. भास्सिएको वा दबिएको कुनै वस्तुलाई माथि उठाउनु; तल रहेको वस्तुलाई मास्तिर पुर्‍याउनु।
  2. गहिरो भागमा माटो आदि हाली अग्लो पार्नु; अग्ल्याउनु।
  3. तल्लो स्तरको मानिसलाई माथिल्लो स्तरमा पुर्‍याउनु; उठाउनु।
  4. आपद्विपद्बाट छुटकारा दिलाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)