उखाल्नु

स.क्रि. [प्रा. उक्खाल+नु]

  1. कसैलाई उठीबास लाउनु; ढुटीमाटी पार्नु।
  2. बोटबिरुवा आदि जरैसहित उक्काउनु; गाडेको खाँबो, बाँस आदि उखेल्नु; उखाड्नु।
  3. व्यापार, व्यवसाय बिगारेर टाट उल्टाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)