उगाल
ना. [सं. उद्गाल?]
- तामा, पित्तल आदि धातुका भाँडामा अमिलो वस्तु पर्दा देखिने विकृति; उग्लेर धातुका भाँडामा जम्ने हरियो पदार्थ।
- भाँडा उग्लेर खाने वस्तुमा आउने तमतमाउँदो स्वाद।
- मात; पात्तिएको स्थिति।
- अमिल्दो मिश्रणले वा जलवायुको विकारले रङमा आउने विकृति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)