उठ्नु

अ.क्रि. [प्रा. उट्ठ+नु]

  1. सुतेको वा बसेको स्थितिबाट खडा हुनु; उभिनु; ठिङ्ग हुनु।
  2. निद्राले छाड्नु; बिउँझिनु।
  3. बसेको ठाउँ छाड्नु; बसाइँ सर्नु।
  4. पहिलेभन्दा उन्नति हुनु; उँभो लाग्नु।
  5. आसामी, मोही आदिबाट लिनुपर्ने रुपियाँ, बाली आदि असुलउपर हुनु।
  6. गहिरो भाग पुरिनु; अग्लो हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)