उदात्त
वि. [सं.]
- ठुलो स्वरले उच्चारण गरिने वा गरिएको।
- उच्चारण गर्दा मुखमा मास्तिरपट्टि केही बेसी आघात पर्ने (अ, आ आदि स्वरवर्ण)।
- फुक्का मनको; दयालु; दाता; उदार।
- श्रेष्ठ; महान्।
- वैदिक ऋचाका उच्चारणको एक भेद।
- ज्यादै बढाई, चढाई सम्भाव्य सम्पत्तिको वर्णन गरेको देखाउँदा हुने एक अलङ्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)