उदास

वि. [सं.]

  1. कुनै कुराको अभाव वा भावी अनिष्टको आशङ्काले मन चिन्तित र खिन्न हुने अवस्था; दिक्क; दिकदार; विरक्त।
  2. कसैका पक्षमा नलागेको; तटस्थ।
  3. दुःखी।
  4. नचाहिँदो खर्च गर्ने; उडन्ता।
  5. बुद्ध धर्मावलम्बी नेवारजातिको एक भेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)