उद्देश
ना. [सं.]
- कुनै कामकुराका बारेमा निर्देश वा सङ्केत गर्ने काम।
- चाहना; इच्छा; अभिलाषा।
- कुनै नयाँ कुराको खोजी; अन्वेषण।
- कारण; हेतु।
- न्यायशास्त्रमा प्रतिज्ञा नामक तत्त्व।
- लक्ष्य; ध्येय; उद्देश्य।
- लिच्छविकालमा देशमा विभिन्न भागलाई इलाका वा क्षेत्रमा विभाजित गरिएको खण्ड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)