उद्देश्य

ना. [सं.]

  1. कुनै खास कामकुरामा प्रवृत्त गराउने मनोभाव; केही भन्न वा गर्न प्रवृत्त गराउने भाव वा विचार; इच्छा; कामना।
  2. चाहना गरिएको काम, पदार्थ वा विषय; लक्ष्य; ध्येय।
  3. केही कामकुरा भनिने वाक्यको पहिलो अंश वा खण्ड; वाक्यका दुई अङ्ग उद्देश्य र विधेय वा कर्तृपद र कर्मपदमध्ये पहिलो भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)