उद्धरण

ना. [सं.]

  1. उठाउने वा उकास्ने काम।
  2. कष्ट वा सङ्कट आदिबाट कुनै व्यक्तिलाई छुटकारा दिलाउने काम; उद्धार।
  3. खराब अवस्थाबाट असल अवस्थातिर आउने क्रिया; सप्रने काम।
  4. एक चोटि पढिसिद्ध्याएको कुरो फेरि दोहोर्‍याउने काम।
  5. कुनै लेख वा पुस्तकबाट उदाहरण, दृष्टान्त वा प्रमाणका लागि लिइएको अंश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)