उद्धृत

वि. [सं.]

  1. कुनै ग्रन्थ, लेख आदिबाट उदाहरण वा प्रमाणका लागि प्रस्तुत गरिएको (अंश)।
  2. माथि उठाइएको; ठड्याइएको; मास्तिर तानिएको।
  3. उखेलिएको; उक्काइएको; उक्साइएको।
  4. उद्धार गरिएको; सुधार गरिएको; बचाइएको।
  5. खोलिएको; उधारिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)