उप

उप. [सं.]

  1. शब्दका अगाडि लागेर अधिकता, अतिरिक्तता, न्यूनता, सामीप्य, व्याप्ति, सहायक भाव आदि अर्थ बुझाउने उपसर्ग (उपयोग, उपवास, उपप्रधानमन्त्री, उपहार)।
  2. आफैँ अरूभन्दा जान्नेबुझ्ने हुन खोज्ने; बढ्ता; उद्धत। (उदा.-तिमी यस कुरामा उपबुज्रुक नहोऊ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)