उपादान
ना. [सं.]
- लिने वा ग्रहण गर्ने काम।
- पाउने काम; प्राप्ति; उपलब्धि।
- कुनै वस्तुको उपयोग गर्ने काम वा प्रक्रिया।
- बोध; ज्ञान।
- कुनै वस्तु तयार हुने सामग्री; साधन; कारण; हेतु।
- कुनै कामका निम्ति दिइएको एकमुस्ट रकम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)