एक
ना. [सं.]
- पूर्ण राशिमा सङ्ख्याक्रमका हिसाबले पहिलो सङ्ख्या; १ को अङ्क।
- एउटा; यौटा।
- अरूभन्दा श्रेष्ठ; सर्वश्रेष्ठ; अद्वितीय; मुख्य; प्रमुख।
- शक्ति, गुण आदिका दृष्टिले उस्तै; तुल्य; सदृश। (उदा.- हाम्रा लागि दुवै छिमेकी एक हुन्।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)