एकखुट्टे
वि.
- एउटा मात्र खुट्टो हुने वा एक खुट्टाले टेकेर हिँड्ने; एउटा खुट्टो मात्र सद्दे भएको।
- एउटा खुट्टो देखिने वा त्यस्तै आकारको 'ए' स्वर वर्णको नेपाली नाम।
- एउटा खुट्टाले मात्र टेकेर उफ्रिँदै खेलिने खेल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)