एकतारे
ना. [एक+तार+ए]
- आधा पारिएको तुम्बालाई छालाले मोहोरी बिचमा बाँस आदिको लठ्ठी घुसारी, एउटा मात्र तार जडेको, नक्खीले बजाइने एक प्रसिद्ध बाजा।
- एउटा मात्र ताराको चिह्न भएको (झन्डा आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)