एकस्व

ना. [सं.]

  1. कसैले निर्माण, रचना वा उत्पादन गरेको वस्तु वा रचना आदिबाट हुने आयमाथि निजैको एकाधिकार हुने गरी दिइएको सरकारी मुद्राङ्कित प्रलेख।
  2. कसैले निर्माण गरेको, रचना गरेको वा उत्पादन गरेको वस्तुबाट त्यसो गर्ने व्यक्तिलाई एकाधिकारको रूपमा प्राप्त हुने आय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)