एकाङ्गी

वि. [सं.]

  1. एक अङ्ग मात्र भएको; एक अङ्ग मात्र सक्रिय भएको; विकलाङ्ग।
  2. कुनै निर्णय आदि दिँदा एक अङ्गका सम्बन्धमा मात्र विचार गरेर दिइएको; एक पक्षका बारेमा मात्र सोचिएको; एकतर्फी (कुरा, निर्णय आदि)।
  3. एउटै कुरामा मात्र लागिरहने; आफ्नो जिद्दी नछोड्ने; एकोहोरो; एकसुरे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)