एकोहोरिनु

अ.क्रि. [एकोहोरो+इ+नु]

  1. कुनै कामकुरामा एकोहोरो भएर लागिपर्नु; एकसुरले काम गर्नु; एक चित्त भएर काम गर्नु।
  2. राम्रो सोचविचार नगरी एउटा पक्षको समर्थन गर्नु; एकतर्फी बन्नु।
  3. कुनै काम वा कुरा एकातिर लाग्नु; एउटै विषय वा प्रसङ्गमा मात्र केन्द्रित हुनु।
  4. अरूका कुरा नसुनी आफ्नै कुरामा मात्र हठ गरिरहनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)