एक्का

ना. [प्रा. एक्क]

  1. एक फुट्टी मात्र भएको तासको चक्की।
  2. एक एक घोडा मात्र नारिएको बग्गी; एकघोडे बग्गी।
  3. समूहदेखि भिन्न; फुट्टा; ठिङ्गो; एकलो।
  4. सबभन्दा बढी मन परेको।
  5. अरूभन्दा श्रेष्ठ; प्रधान; मुख्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)