ऐँचनु

स.क्रि. [ऐँचँ +नु]

  1. कसैलाई कसै गरी पनि उम्कन, भाग्न नदिई अधीनमा ल्याउनु; ऐँचमा पार्नु; काबुमा राख्नु; वशमा राख्नु;।
  2. कुनै व्यक्ति वा वस्तुलाई अँठ्याउनु; बेसरी थिच्नु; दबाउनु।
  3. कुनै स्थान आदिमा कब्जा गर्नु; दखल गर्नु।
  4. परस्पर तानातानी गर्नु; तान्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)