ऐजेरु/ऐझेरु

ना. [सं. अङ्गबजार]

  1. अर्कै रुखको कापमा उम्रने, लाम्चा पात हुने, रातो फूल फुल्ने, गुलिया ससाना फल फल्ने बुटी; बन्दाक।
  2. शरीरमा फुकुन्डा उठ्ने रोगविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)