ओगट्नु
स.क्रि. [अग्रवर्तन]
- कुनै ठाउँलाई अरू कोही आउनुभन्दा पहिले नै छेकथुन गरिराख्नु; अरू कसैलाई नदिईकन कुनै वस्तुलाई कब्जामा लिइराख्नु; रोक्नु; छेक्नु; ओकट्नु।
- कुनै व्यक्ति वा प्राणीविशेषलाई अलमल्याएर अन्त जान वा अरूको हुन नदिनु।
- कुनै वस्तु वा व्यक्तिले आफूभरिको ठाउँ लिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)