औँल्याउनु
स.क्रि.
- कुनै व्यक्ति, वस्तु वा ठाउँ आदिलाई औँलो तेर्स्याएर देखाउनु; औँलाले तोकेर निर्देशन गर्नु; औँलाले देखाउनु; अङ्गुलीनिर्देश गर्नु।
- कुनै व्यक्ति, वस्तु, स्थान आदितर्फ सङ्केत गर्नु; इसारा गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)