औतार

ना. [सं. अवतार]

  1. वैष्णव धारणाअनुसार विष्णु भगवान्ले पृथ्वीमा लिएका विभिन्न जन्म (माछो, कछुवा, वराह, नृसिंह, राम, कृष्ण इ.) मध्ये कुनै एक; अवतार।
  2. कुनै देवतासँग तुलना गर्न योग्य मान्छे (उदा.- तँ त शिवकै औतार रहिछस्)।
  3. देवताले ग्रहण गर्ने वा विभिन्न भेषमध्ये कुनै एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)