औसानी
ना. [सं. अपोशान]
- वैदिक संस्कृतिअनुसार भोजन गर्नुभन्दा पहिले देवता वा पितृका निम्ति दिइने पाँच चिम्टी अन्न; बलि।
- भात खानुभन्दा पहिले हातमा पानी लिएर आफ्नो अगाडिको भोजनको वरिपरि घुमाउने क्रिया; अप्सानी।
- गर्भवती आइमाईलाई खानेकुरा खाँदा लाग्ने वाकवाकी; गन्हाउने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)