कचमच

ना. [अ. मू. कच्+अ (द्वि.)]

  1. परस्परको कुनै काम वा कुराकानीमा हुने गडबड; खिचोला।
  2. स्वास्थ्यलाई हानि गर्ने खानेकुरा; अस्वास्थ्यकर वा अपाच्य खाद्य पदार्थबाट पेट खराब हुने अवस्था।
  3. कुनै कारणले निद्रा गडबडिने स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)