कटुवाल

ना. [सं. कोट्टपाल]

  1. पहिलेको पहाडी मौजामा सरकारी उर्दी कुर्लेर जनतालाई सुनाउने व्यक्ति।
  2. शाहकालीन जिल्ला प्रशासनको लगभग मुखियासरहको एक पद।
  3. गाउँघरमा उर्दीपुर्दी सुनाउने कामका निम्ति राखिएको, प्रायः गैरसरकारी कर्मचारी।
  4. क्षत्री तथा पावैहरूको एक थर। स्त्री. कटुवाल्नी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)