कति

वि. [सं.]

  1. अमूर्त (समय, दुरी इ.) र मूर्त (गनिने, जोखिने, भरिने, नापिने इ.) वस्तुको मात्रा; सङ्ख्या, परिमाण आदि बुझ्नका लागि गरिने प्रश्न (उदा.- कति मान्छे आयौ?)।
  2. कुनै गुण, भाव, कार्य वा प्रक्रियाको हद, सीमा, स्वभाव जान्नका लागि गरिने प्रश्न (उदा.- कति खायौ? तिमी कति चाहन्छौ?)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)