कत्तिको
क्रि.वि.
- कत्ति; धेरै; असाद्धे।
- पहिले भनेको नमान्ने र पछि धोका परेपछि चाहिँ अँध्यारो मुख लगाउने व्यक्तिलाई आड मर्ने गरी जवाफ दिँदा भनिने शब्द; खुच्चिङ; पाइस् कि त स्वाद (उदा.- पहिले भनेको नमान्दा कस्तो हुँदो रहेछ, खाइस् कि त अब, कत्तिको!)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)