कदर
ना. [अ. कद्र]
- सदुपयोग। (उदा.- माल पाएर मात्र हुँदैन त्यसको कदर गर्न पनि जान्नुपर्छ।)।
- सद्व्यवहार (उदा.-आजको जमानामा विनाकदर नोकरचाकर पनि टिक्तैनन्।)।
- सम्मान; आदर।
- प्रशंसा; सह्रनी।
- उपाय; तरिका (उदा.-जुन कदरले भए पनि यो काम गर्नुपर्छ।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)