कनक

ना [सं.]

  1. प्रायः प्राकृतिक अवस्थामै प्रशोधित रूपमा फेला पर्ने र कतै कतै धाउका रूपमा समेत भेटिने, सर्वसाधारणदेखि उच्च वर्गसम्म गहनाका रूपमा, केवल उच्चवर्गमा भाँडाकुँडाका रूपमा र प्राचीन कालमा मुद्राको रूपमा समेत प्रयोगमा आएको देखिने पहेँलो रङको बहुमूल्य खनिज पदार्थ, सुन; सुवर्ण; स्वर्ण।
  2. धतुरो।
  3. पलाश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)