कपेरो
ना. [सं.]
- बाँसको भाटोभन्दा पनि पातलो चिरो।
- कपेर झिकेको भाटो, भात आदिको चोइली; चोइली।
- कप्ताखेरि निस्किएको ढुङ्गा, काठ आदिको चोइटो।
- बाँसको आँख्लैपिच्छे लपेटिएर रहने, सुकेपछि आफैँ झर्ने र च्याम्पटी घुमाउने, तितौरा पार्ने आदि काममा प्रयोग गरिने सुप्लो; खबटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)