कप्नु

स. क्रि. [सं. क्षिप्+नु]

  1. काठ, ढुङ्गा आदिलाई कुनै हतियारले खोप्नु।
  2. त्यसरी खोपेर बुट्टा, मूर्ति, अभिलेख आदि निर्माण गर्नु; कुँद्नु।
  3. कपेरा निकाल्ने गरी काठ, ढुङ्गा, भुइँ आदिलाई ताछ्नु।
  4. खोपी खेल्दा वारि च्याँखे थापिएको अग्लो लक्कुलाई नछुने गरी पारिको निर्दिष्ट पैसा (धातु, ढुङ्गा आदिको) लाई मात्र लाग्ने गरी घ्वाइँले हिर्काउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)