कबिला

ना. [अ. कबीला]

  1. परिवार; जहान; जहान, छोराछोरी।
  2. सिङ्गै एक जाति एक परिवारका रूपमा रहेका (अरब, मध्यएसिया आदिमा प्राचीन कालदेखि माध्यमिक कालसम्म प्रशस्त देखा परिआएका परन्तु आधुनिक कालमा नवसभ्यताका प्रभावले गर्दा लुप्त प्रायः) असङ्ख्य मानव दलमध्ये कुनै एक (उदा.-बाबरको कबिला, तैमुरलङको कबिला, चङ्गेज खाँको कबिला, अब्राहमको कबिला, इस्रायलको कबिला, मुसाको कबिला आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)