कमरपेटी/बन्द/बन्दी

ना.

  1. मुख्य रूपमा कम्मरमुनिको लुगा सरेर तल नझरोस् भन्ने हेतुले र गौण रूपमा कम्मरमाथिका पोसाक (मयलपोस, दौरा इ.) छरितोसँग जिउमा मिलोस् भन्ने अथवा पेट ठुलो भए सो भद्दा नदेखियोस् भन्ने हेतुले कम्मरनेरि बाँधिने विशेष प्रकारको फित्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)