कमल
ना. [सं.]
- पोखरी वा जलाशयमा उम्रने पिँडाल्ने, पानपाते, कुम्भी, जलकुम्भी आदि झैँ देखिने पानीभित्र पिँडालुका जस्ता डाँठ हुने, पानीमाथि झन्डै पिँडालुका झैँ पात तहरिएर रहने र मूल डाँठ केही अकासिएर माथि पुगी त्यसमा जातअनुसारको (रातो, निलो, सेतो, पहेँलो आदि) रङको फूल फुल्ने एक वनस्पति वा त्यसको फूल; पद्म; कुमुद; पङ्कज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)